२०८२, १ फाल्गुन शुक्रबार

प्रधानमन्त्री अमेरिका जाँदै महासभामा सम्बोधन गर्ने, ट्रम्पसँग भोजन र संबाद हुने

प्रधानमन्त्री अमेरिका जाँदै महासभामा सम्बोधन गर्ने, ट्रम्पसँग भोजन र संबाद हुने


काठमाडौं, असोज ६ :  प्रधानमन्त्री केपी शर्मा ओली शनिकार अमेरिका भ्रमणमा जाँदैछ । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन।

१३ दिनसम्म चल्ने उहाँको विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुनेछ । सो क्रममा प्रम ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत संक्षिप्त कुराकानी हुने जनाइएको छ ।

मंगलबारबाट सुरु हुने महासभाको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ विषयक उक्त महासभामा प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्ने भएका छन् ।

प्रम ओलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । महान् अफ्रिकी नेता मण्डेलाको सम्मानमा प्रम ओलीले जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । सोही दिन अमेरिकी राष्ट्रपति ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली समेत सहभागी हुने बताइएको छ । सो क्रममा ओलीले ट्रम्पले आयोजना गर्ने भोजमा सरीक हुने कार्यक्रम रहेको छ

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीको आजबाट हुने अमेरिका भ्रमणका बारेमा समेत छलफल भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम यसअघि नै स्वीकृत भएको थियो । संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएपछि उहाँ त्यहीबाट मध्य अमेरिकी मुलुक कोष्टारिका जाने भएका छन् ।

भ्रमणकै सिलसिलामा प्रधानमन्त्री ओलीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ८ : ५५ बजे

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का