२०८३, ३ भाद्र बिहीबार

मनसुन सक्रियः तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

मनसुन सक्रियः तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिनभर हिमाली र पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ भने तराईका केही क्षेत्रमा पनि वर्षा विस्तार हुने सम्भावना छ।

विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका बस्ती तथा राजमार्ग प्रयोग गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज रातिसमेत मौसम पूर्ण रूपमा नखुल्ने महाशाखाको प्रक्षेपण छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, लुम्बिनी र कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको छ। उच्च वर्षासँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २० असार आईतबार  ८ : १९ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती