गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रण गर्न बारीमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए। सोही करेन्टमा परेर उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्।
घाइते हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। उपचारकै क्रममा बिहान ३ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। बारीमा करेन्ट प्रवाह गरिएको अवस्थासहित घटनाका सबै पक्षबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।







प्रतिक्रिया