२०८३, ६ कार्तिक शुक्रबार

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक


काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल फुटबल संघ एन्फा (ANFA) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाको निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

फिफाले एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य तथा पदाधिकारीले फिफा र एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणबाट लाभ लिन नपाउने स्पष्ट गरेको छ। यससँगै नेपालको राष्ट्रिय टोलीदेखि क्लब फुटबलसम्म अन्तर्राष्ट्रिय सहभागितामा प्रत्यक्ष असर पर्ने भएको छ।

निलम्बनका कारण एन्फाले फिफा र एएफसीबाट प्राप्त गर्दै आएको आर्थिक सहयोगसमेत रोकिने भएको छ। साथै एन्फाका पदाधिकारी तथा अधिकारीहरू अन्तर्राष्ट्रिय फुटबल निकायका विकास कार्यक्रम र गतिविधिबाट समेत वञ्चित हुनेछन्।

फिफाले अर्को फिफा कंग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न सक्ने उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८३, १० असार बिहीबार  ८ : १५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट