२०८३, ३ असार बिहीबार

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिसी क्यामरा जडानले रोकिएका ति अपराध


सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक क्षेत्रमा सिसि क्यामरा राख्ने निर्णय गर्‍यो । तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले दोस्रो कार्यपालिका बैठकबाट सिसि क्यामरा राख्ने निर्णय गराउँदा त्यसको चौतर्फी आलोचना भयो । क्यामरा जडानमा लाखौं खर्च गरियो भन्दै सामाजिक सञ्जालका भित्ताहरु रङ्गिए ।
स्थानीय प्रहरीको साझेदारीमा सञ्चालनमा ल्याइएको सिसि क्यामरा र कन्ट्रोल रुमले आम नागरिकलाई सुरक्षाको विश्वासिलो भरोसा यति छिट्टै जगाउँछ भन्ने लागेकै थिएन ।
ज्व घरभित्र गेटमा ताला लगाएर वा सडकमा पार्किङ गरेर राखिएको मोटरसाइकलहरु चेरीका घटनाहरुमा बढोत्तरी आयो, त्यसपछि भने सो घटनामा संलग्न पहिचान गराउन र चोरिएको मोटरसाइकल फिर्ता ल्याउन कमलामाईले चोक चोकका सडकमा जडान गरिएका सिसि क्यामराहरुले प्रहरी अनुसन्धानलाई निकै ठूलो मद्धत पुग्यो । जव आफ्‌नो चोरिएको मोटरसाइकल चोरले लैजाँदै गरेको दृश्य सवारी धनिले कमलामाई र सिन्धुली प्रहरीको कन्ट्रोल रुपमा रेकर्ड भएको दृश्य देख्न पाएपछि पहिला सिसि क्यामरा जडान गर्दा प्रश्न उठाउनेहरुनैं प्रशंसक बनेका थिए ।
नगरवासीको सुरक्षा आफ्‌नो कर्तव्य भन्दै थालिएको सिसी क्यामरा जडान अभियानलाई अहिलेका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले पनि निरन्तरता दिनुभयो । तत्कालिन नगरप्रमुख खत्रीको कार्यकालमा बिभिन्न स्थानमा २४ वटा सिसी क्यामरा जडान गरिएको थियो भने त्यसलाई निरन्तरता दिंदै नगरप्रमुख पोखरेलले त्यसलाई बढाउँदै ९६ वटा सिसी क्यामरा जडान गराउनु भएको छ ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा मोटरसाइकल लगायत चोरी र डकैतीका घटनाहरु बढ्न थालेपछि जिल्ला सुरक्षा समितिको समन्वयनमा नगरपालिकाले चियावारीदेखी भिमान बजार र चेकपोष्टमा यति ठूलो संख्यामा क्यामराहरु जडान गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिका स्रोतका अनुसार सिसि क्यामरा जडानमा ४करोड रुपैयाँ लगानी भएको र सो लगानी जेनजी बिध्वंशका क्रममा खरानी बनेको बिबरणले नगरवासीको मन कटक्क खान्छ । करोडौं लगानी गरिएको सुरक्षा प्रणाली अर्थात सिसि क्यामरा जेनजी बिद्रोहीको पहिलो निशाना बनेको त्यसबेलाका भिडियो दृश्यले प्रष्ट पारेको इन्जिनियर नविन बस्नेतले बताउनुभयो ।
त्यस बेला बिद्रोहीको निशाना सडकमा सिसी क्यामहरु परेको र त्यसपछि मात्रै अन्य भौतिक संरचनामा आक्रमण भएको बस्नेतको बुझाई छ । सो आक्रमणपछि कमलामाई नगरपालिकाको कन्ट्रोल रुम ध्वस्त भएको छ । त्यहाँ जडान गरिएका ठूला ठूला क्षमताका डाटा स्टोररेज (हार्ड डिक्स) र टेलभिजनहरु खरानी बनेपछि नगरक्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन निकै ठूलो प्रयास गर्नुपरेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
एक सातामा ८ वडा मोटर साइकल हराएको घटना सिन्धुली जिल्ला सनसनी बनाउने घटना थियो । भारतीय नम्बरप्लेटको कारसहित मोटरसाइकल चोरी गर्न आएको गिरोहलाई सिसी क्यामराकै फुटेज मार्फत प्रहरीले महोत्तरीको ढल्केबरबाट समातेको थियो । कहिले भारतीय त कहिले नेपाली नम्बर प्लेट राखेर सो कार चोरी र डकैतीमा संलग्न गराइंदै आएको तथ्य खुलेपछि नगरक्षेत्रमा सिसी क्यामराको महत्वलाई अझ बलियो बनाएको थियो ।
कमलामाई नगरपालिकाको ५ लाखसहित सिन्धुलीका ९ वटै स्थानीय तहको धेरथोर सहयोगमा दुई साता अघिबाट जिल्ला प्रहरी कार्यालयमा सिसी क्यामरा निगरानी गर्नका लागि कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको छ । कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले उदघाटन गरेर सञ्चालनमा ल्याइएको सिसि क्यामेरा कन्ट्रोल रुममा अहिले २४ सै घण्टा मोनिटरिङका लागि दक्ष जनशक्ति ड्युटीमा खटाइएको र त्यसको प्राविधिक सहयोग कमलामाई नगरपालिकाले उपलव्ध गराएको इन्जिनियर बस्नेतले जानकारी दिनुभयो ।
तत्कालिन सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदी, नगरप्रमुख पोखरेलको सहकार्यमा यो प्रयासले सार्थकता पाएको थियो भने इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी निरिक्षक राजु केसीले बनाउनु भएको कन्ट्याक्ट ट्रेसिङको सफ्‌टवेयर प्रयोगमा ल्याइएको छ । जसले नेपाल प्रहरीको केन्द्रीय हटलाइन १०० मा कल गर्दाको बिबरण तत्कालै सिन्धुली प्रहरीले प्राप्त गर्ने र सूचना दाताले टिपाएको बिबरण मातहत प्रहरीका यूनिटहरुमा छिटो पुग्न थालेपछि कमलामाईले प्रयोगमा ल्याएको सिसी क्यामेराले सार्थकता पाएको नगरप्रमुख पोखरेलको भनाई छ । जेनजी बिध्वंशका बेला ध्वस्त पारिएको सिसी क्यामरा र कन्ट्रोल रुम पुनःनिर्माणले नगरक्षेत्रमा बढाएको सुरक्षा त्रासदीलाई फेरी कम गराउन मद्दत पुगेको छ । (साभारः कृष्ण गौतम, कमलामाई लेखमाला)

प्रकाशित मिति : २०८३, ३ असार बिहीबार  ४ : ०३ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित