२०८३, १९ आश्विन मंगलबार

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा गृह, अर्थ, रक्षा, परराष्ट्र, ऊर्जा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र संवैधानिक निकायका बजेटमाथि विस्तृत छलफल हुने भएको छ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति–उपराष्ट्रपतिको कार्यालयको खर्च शीर्षकमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको बजेट रकम घटाएर एक रुपैयाँ कायम गर्नुपर्ने भन्दै खर्च कटौती प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ गुरु प्रसाद बराल, कानुन मन्त्रालयतर्फ रमेश कुमार मल्ल, पूर्वाधार विकास मन्त्रालयतर्फ मोहम्मद इश्तियाक राई र बलावती शर्मा तथा गृह मन्त्रालयतर्फ विष्णु माया विकले खर्च कटौतीका प्रस्ताव पेश गर्नेछन्।

बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य स्वर्गीय मंगल प्रसाद गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १ असार मंगलबार  ९ : ४३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि