२०८३, १७ श्रावण सोमबार

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडीहरूको सम्मानमा आज बिहान मुख्यमन्त्री निवासमा आयोजित चियापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेलाडीहरूलाई निराश हुन नदिने गरी प्रदेश सरकार निरन्तर रूपमा काम गरिरहेको स्पष्ट पार्नुभयो।

मुख्यमन्त्री कार्कीले विद्यालयस्तरदेखि नै खेलकुदलाई विद्यार्थी जीवनसँग जोड्दै प्रतिभा विकास गर्ने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गर्नुभयो। उहाँले खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरूको उत्साह बढाउन पुरस्कार र सम्मान कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभयो।

“हामी प्रदेशमा खेल क्षेत्रलाई अत्यन्तै प्राथमिकतामा राखेर काम गर्नेछौं,” मुख्यमन्त्री कार्कीले भन्नुभयो। गत जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल २८ पदक जितेका छन्। तीमध्ये ४ स्वर्ण पदकसमेत प्राप्त भएको छ।

प्रदेश सरकारले पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। जसअनुसार स्वर्ण पदक विजेतालाई १ लाख रुपैयाँ, रजत पदक विजेतालाई ७५ हजार रुपैयाँ र काश्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै प्रशिक्षकलाई १५ हजार रुपैयाँ र व्यवस्थापकलाई १० हजार रुपैयाँसम्म सम्मान रकम प्रदान गरिने बताइएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३, ३० जेष्ठ आईतबार  १ : १६ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको