२०८३, २८ जेष्ठ शुक्रबार

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’


काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई विगतका सबै विवाद र घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले अर्थमन्त्रीले विपक्षीका ‘काण्ड’ सार्वजनिक गर्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै सत्य तथ्यको परीक्षणबाट आफूहरू नभाग्ने स्पष्ट पारे। उनले विगतका घटनाको सत्यापन गर्न, कमजोरी भए स्वीकार्न र सच्याउन प्रतिपक्ष तयार रहेको बताए।

बरालले मुख्य प्रश्न विगतका घटना नभई वर्तमान बजेट प्रक्रियामाथि उठेको गम्भीर आशंका भएको जिकिर गरे। बजेट निर्माणका क्रममा करका दररेट तथा राजश्व सम्बन्धी व्यवस्थामा छेडखानी भएको आरोप लगाउँदै उनले त्यसबाट सरकार उम्किन नसक्ने बताए।

उनले संसद्मार्फत स्वतन्त्र छानबिन समिति गठन गरेर सम्पूर्ण विषयको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। उनका अनुसार संसदीय छानबिनबिना यस्ता विवादको अन्त्य नहुने र गलत अभ्यासले संस्थागत रूप लिने खतरा रहनेछ।

बरालले संसद्को ध्यानाकर्षण गराउँदै बजेट निर्माण प्रक्रियामाथि उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिन नै लोकतान्त्रिक उत्तरदायित्वको सही अभ्यास हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८३, २८ जेष्ठ शुक्रबार  १२ : ५२ बजे

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट