२०८३, २६ आश्विन मंगलबार

ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन


काठमाडौं । ग्लोबल आइएमई बैंक को अगुवाइमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट प्रालि। र बैंकहरूको कन्सोर्टियमबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी को उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी तथा कम्पनीका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सह(अगुवाइकर्ता रहेका छन् भने कृषि विकास बैंक र नेपाल एसबीआई बैंक सहभागी बैंकका रूपमा रहेका छन्। कन्सोर्टियमले आयोजनामा करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार, विद्युत् निर्यात प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने यस आयोजनाको कुल लागत २५ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। सम्झौताअनुसार बैंकहरूले परियोजनाको ७५ प्रतिशत लागत ऋण लगानीमार्फत व्यवस्थापन गर्नेछन् भने बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ। आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल’ लगायतका प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्दै ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ। साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

https://images.openai.com/static-rsc-4/D3KKzXagNHFBHVghuYoNElChyS2iY5dF3pq6z-ypn-hGUnS8i8eXbF1JkNpk_N_wKT08Veh6GMhIDzJ-LGiLsgj1nlWerrGDDwbnK2wvMtuk_S1ZULOzmWfrsQA3p1W0Yh5_9ZXyFkuweLpizpgQp0-1C7lDj1T-PqCpCcoOQdhTb5d1xevQP64DoeK_Bspe?purpose=fullsize

प्रकाशित मिति : २०८३, २० जेष्ठ बिहीबार  १ : २६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल