२०८३, २९ श्रावण शनिबार

सुर्खेतमा ‘शिव इम्पोरियम’मा छापा : तीन करोड सुनसहित व्यापारी अग्रवाल पक्राउ

सुर्खेतमा ‘शिव इम्पोरियम’मा छापा : तीन करोड सुनसहित व्यापारी अग्रवाल पक्राउ


सुर्खेत । वीरेन्द्रनगरमा स्रोत नखुलेको ठूलो परिमाणको सुन–चाँदीसहित एक व्यापारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजाचोक नजिक सञ्चालनमा रहेको ‘शिव इम्पोरियम’मा छापा मार्दै सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पसलबाट करिब तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना बरामद गरिएको छ। विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान गरगहना फेला परेपछि प्रहरी पनि छक्क परेको जनाएको छ। त्यसैगरी, दुई लाख १९ हजार ५०० रुपैयाँ नेपाली नगद र आठ लाख ११ हजार ९०० रुपैयाँ भारतीय रुपैयाँ समेत बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा स्रोत नखुलेको सुन र ठूलो परिमाणको नगद भेटिएपछि प्रारम्भिक अनुसन्धानमै आर्थिक अनियमितता र अवैध कारोबारको आशंका गरिएको छ।

बरामद सामग्री गन्नकै लागि प्रयोग हुँदै आएको नोट गन्ने मेसिन (क्यास काउन्टर) समेत प्रहरीले नियन्त्रणमा लिएको छ, जसले कारोबारको आकार झन् शंकास्पद देखाएको प्रहरी स्रोतको भनाइ छ।

हाल अग्रवाललाई हिरासतमा राखी विस्तृत अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस प्रकरणमा थप संलग्नता र आर्थिक स्रोतबारे गहिरो छानबिन भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : २६ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व