२०८३, १२ जेष्ठ बुधबार

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध


काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आक्रमण गरेको भन्दै कडा विरोध जनाएको छ। इरानको विदेश मन्त्रालयले अमेरिकी कारबाहीले युद्धविरामलाई थप जटिल बनाएको जनाएको हो।

इरानका अनुसार अमेरिकाले दक्षिणी होर्मोजगान क्षेत्रमा हमला गरेको थियो। अमेरिकाले भने आफ्ना कारबाही आत्मरक्षाका लागि गरिएको दाबी गरेको छ।

यसबीच इजरायलले पनि लेबनानमा १२० भन्दा बढी हवाई आक्रमण गरेको बताइएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

हाल कतारमा अमेरिका र इरानबीच अप्रत्यक्ष संवाद भइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश विषयमा सहमति नजिक पुगेको बताएका छन्।

प्रकाशित मिति : २०८३, १२ जेष्ठ बुधबार  ७ : २२ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक