२०८३, ९ श्रावण आईतबार

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।

नगरपालिकाका अनुसार वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि प्रभावित क्षेत्रका पन्छी तथा पन्छीजन्य आहारा नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र रूपमा अघि बढाइएको छ। सूचनामा हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र प्रभावित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको जनाइएको छ।

संक्रमण फैलिन नदिन पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ। प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्ने तथा फार्मको ढोकामा निसंक्रमण सामग्री अनिवार्य रूपमा राख्नुपर्ने निर्देशन दिइएको छ। त्यसैगरी, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न कृषकहरूलाई आग्रह गरिएको छ।

नगरपालिकाले फार्म परिसरमा कुकुर, बिरालो तथा मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्त सुरक्षित रूपमा खाल्डोमा गाड्न पनि अनुरोध गरेको छ। पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अण्डा राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

यदि ठूलो संख्यामा पन्छी बिरामी परे वा मरेको देखिएमा तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ११ जेष्ठ मंगलबार  ११ : ४९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक