२०८३, २७ भाद्र आईतबार

आजको मौसम: केही ठाउँमा भारी वर्षा, तराईमा तातो लहरको चेतावनी

आजको मौसम: केही ठाउँमा भारी वर्षा, तराईमा तातो लहरको चेतावनी


काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यही प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा बादल, वर्षा र तातो मौसमको मिश्रित अवस्था रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले चेतावनी दिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन र तातो लहरको असर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रहनेछ । विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३, ८ जेष्ठ शनिबार  ८ : ३२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।