२०८३, २९ असार मंगलबार

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी

सदनमा फेरि तनाव : हर्क नरोकिने, सभामुखको कडा चेतावनी


काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले फेरि विरोध जनाएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न गर्न पाउनुपर्ने माग गर्दै सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

विरोधका क्रममा सांसद हर्क विशेष रूपमा आक्रामक देखिएका थिए। उनले सभामुखको निर्देशन बेवास्ता गर्दै निरन्तर बोल्न खोजेपछि सदन केहीबेर तनावग्रस्त बनेको थियो।

सभामुखले भने मन्त्रीहरूले उठेका प्रश्नको उत्तर दिइसकेको र आवश्यक परे आगामी बैठकमा थप स्पष्ट पार्न सकिने बताएका थिए। उनले स्पष्ट शब्दमा भने, “आज दुईवटा मन्त्रालयका मन्त्रीज्यूहरूले प्रश्नको उत्तर दिनुभयो। छुटेका विषय आवश्यकताअनुसार फेरि पनि सम्बोधन गरिनेछ।”

तर त्यसपछि पनि हर्क आफ्नो अडानबाट पछि हटेनन्। पटक–पटक बोल्न खोजेपछि सभामुखले कडा चेतावनी दिँदै सदनको मर्यादा कायम गर्न आग्रह गरे।

सभामुखको चेतावनी थियो, “आज तीनचोटि रुलिङ गरिसकेको छु। मर्यादामा बस्नुहोस्, आफ्नो स्थानमा बस्नुहोस्। हरेक दिन माननीय सदस्यहरूले देखाइरहेको व्यवहार संविधान, कानुन र नियमावलीभन्दा बाहिर गइरहेको छ।”

उनले केही सांसदहरूको गतिविधि प्रतिनिधिसभा नियमावली विपरीत रहेको भन्दै नियम २१ को खण्ड ‘क’ प्रति ध्यानाकर्षण गराए। सभामुखले सदनलाई संवाद र मर्यादाको थलो बनाउनुपर्नेमा जोड दिँदै अभद्र व्यवहार रोक्न आग्रह गरे।

पछिल्ला केही दिनयता संसद् बैठक लगातार अवरोध, नाराबाजी र नियमावली विवादका कारण प्रभावित हुँदै आएको छ। विपक्षी र साना दलहरूले प्रतिप्रश्न र विशेष समयको मागलाई लिएर दबाब बढाइरहेका छन् भने सभामुखले बैठकलाई प्रक्रिया र नियमअनुसार अघि बढाउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २०८३, ५ जेष्ठ बुधबार  १ : ५७ बजे

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको