२०८३, २९ असार मंगलबार

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत


काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्ट ले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

यसअघि भने भण्डारीको सदस्यता नवीकरण प्रक्रियामाथि विवाद उत्पन्न भएको थियो । एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले पूर्व राष्ट्रपतिको हैसियतमा गरिएको सदस्यता नवीकरण वैधानिक नभएको निष्कर्ष निकाल्दै सदस्यता कायम नगर्ने निर्णय गरेको थियो ।

तर पछिल्लो सचिवालय बैठकले पुरानो निर्णयलाई पुनरावलोकन गर्दै सदस्यता खुलाउने निर्णय गरेपछि एमालेभित्र नयाँ राजनीतिक सन्देश गएको विश्लेषण गरिएको छ । यसलाई पूर्व राष्ट्रपति भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय बनाउने संकेतका रूपमा समेत हेरिएको छ ।

राष्ट्रपति पदबाट बाहिरिएपछि भण्डारी लामो समय औपचारिक राजनीतिक गतिविधिबाट टाढा रहेकी थिइन् । तर एमालेभित्र पछिल्लो समय संगठनात्मक पुनर्संरचना, शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिका सन्दर्भमा उनको भूमिकाबारे चर्चा बढिरहेका बेला आएको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले वृत्तमा भण्डारीको सक्रियता आगामी दिनमा पार्टीभित्र वैचारिक तथा संगठनात्मक प्रभाव विस्तारसँग जोडिन सक्ने चर्चा समेत सुरु भएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ६ : १४ बजे

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा