२०८३, २ जेष्ठ आईतबार

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट


काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर डा। राजेन्द्र बलान को नेतृत्वमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको ५औँ र ६औँ डान बेल्ट ग्रेडिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियु की केन्द्रीय महासचिव अन्जना शिवाकोटी ले ब्ल्याक बेल्ट ५औँ डान हासिल गर्न सफल भएकी छन्।

राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी शिवाकोटीले खेलकुद क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्। नेपाल आइटिएफ तेक्वान्दोका खेलाडीहरू राष्ट्र, समाज र युवापुस्ताको सकारात्मक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। अनुशासन, साहस, समर्पण र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई आत्मसात् गर्दै उनीहरूले खेलमार्फत स्वस्थ समाज निर्माणमा निरन्तर भूमिका खेलिरहेका छन्।

अन्जना शिवाकोटीले यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली खेलकुद क्षेत्रको गौरव, अनुशासन र समर्पणको प्रतीकका रूपमा लिएको बताईन । अन्तर्राष्ट्रिय खेलाडीका रूपमा शिवाकोटीले युवालाई सकारात्मक मार्गदर्शन, आत्मविश्वास र राष्ट्रप्रेमको सन्देश प्रवाह गर्दै आएकी छन्।

खेलाडीहरू केवल पदक जित्ने पात्र होइनन्, उनीहरू राष्ट्रका अनुशासित प्रतिनिधि, प्रेरणाका स्रोत र समाज परिवर्तनका संवाहक पनि हुन्। आफ्नो व्यक्तित्व विकाससँगै देशको सम्मान र प्रतिष्ठा उँचो बनाउन खेल क्षेत्रबाट निरन्तर योगदान दिँदै अगाडि बढ्नु आजका युवापुस्ताका लागि प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  ९ : १४ बजे

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)