२०८३, ३१ बैशाख शुक्रबार

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने


काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि चीनले इरानलाई हतियार नदिने र हर्मुज जलडमरूमध्य खुला राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् ।

बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले चीनले अमेरिका–इरान तनावका क्रममा इरानलाई कुनै पनि सैन्य सामग्री उपलब्ध नगराउने स्पष्ट सन्देश दिएको बताएका हुन् ।

ट्रम्पले भने, “उहाँले चीनले यो युद्धमा इरानलाई सैन्य सामग्री उपलब्ध गराउने छैन भन्नुभएको छ ।”

उनले थपे, “उहाँ हर्मुज जलडमरूमध्य खुला रहोस् भन्ने चाहनुहुन्छ । आवश्यक परे सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ ।”

विश्व व्यापार तथा तेल आपूर्तिको अत्यन्त महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको हर्मुज जलडमरूमध्य पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ । इरान–इजरायल द्वन्द्व र अमेरिकी सक्रियताबीच उक्त मार्ग अवरुद्ध हुन सक्ने आशंका भइरहेका बेला ट्रम्पको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तीन दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ पुगेका ट्रम्प आज अमेरिका फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३, ३१ बैशाख शुक्रबार  ७ : २१ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि