२०८३, ४ कार्तिक बुधबार

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक हुने सम्भावना बढेको छ। राष्ट्रिय परीक्षा बोर्डले साँझ ५ बजेपछि बोर्ड बैठक बोलाएसँगै नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो।

परीक्षा बोर्ड स्रोतका अनुसार अहिले नतिजा प्रकाशनअघिका प्राविधिक काम भइरहेको छ। बैठकपछि औपचारिक निर्णय गर्दै नतिजा सार्वजनिक गरिने बताइएको छ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनबारे छलफल भइरहेको जानकारी दिएका छन्। बोर्डका सदस्यहरूलाई बैठकमा उपस्थित हुन सूचित गरिसकिएको छ।

यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण यसपटक नतिजा छिट्टै सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।

एसईई २०८१ मा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ४ : ३१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा