२०८३, १८ आश्विन सोमबार

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या


दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनको काठ लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको हत्या भएको छ।

स्थानीय ५५ वर्षीय भोला यादव को शनिबार दिउँसो बञ्चरो प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सोही गाउँका इश्वर हरिजन ले रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बञ्चरो प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनापछि आरोपी फरार रहेका छन् भने प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३, २५ बैशाख शनिबार  ४ : २० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय