२०८३, ३ भाद्र बिहीबार

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना


लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष समारोह आयोजना गरिए पनि प्रधानमन्त्रीको अनुपस्थितिले आलोचना चुलिएको छ।

नेपालका सरकारप्रमुख लुम्बिनीमा उपस्थित हुने विगतको परम्परा रहेको भए पनि यस वर्ष प्रधानमन्त्री समारोहमा सहभागी नभएपछि त्यसलाई परम्परा तोडिएको रूपमा हेरिएको छ। यसले सरोकारवालाहरूबीच असन्तुष्टि र आलोचना चुलिएको हो।

बुद्धजयन्ती का अवसरमा अघिल्ला वर्षहरूमा दिनभर विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम तथा शान्ति पदयात्रासहित उत्सव मनाइने गरिन्थ्यो। तर यस वर्ष कार्यक्रम तालिका परिवर्तन भई बिहान ६ बजे नै औपचारिक समारोह राखिएको थियो।

यस परिवर्तनका कारण शान्ति पदयात्राजस्ता महत्त्वपूर्ण कार्यक्रमहरू स्थगित गर्नुपरेको आयोजकहरूले जनाएका छन्। स्थानीयवासी र सरोकारवालाहरूले यसले लुम्बिनीको धार्मिक र अन्तर्राष्ट्रिय महत्वमा असर पार्ने चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको अनुपस्थितिबारे सरकारको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २०८३, १८ बैशाख शनिबार  ९ : ४५ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती