२०८३, १८ श्रावण मंगलबार

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र


मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा देखिएको सडक क्षेत्र तथा हेटौडा सिमेन्ट उद्योगको जग्गा अतिक्रमणबारे आपत्ति जनाएको छ। गाउँपालिकाले सडक विभाग, बबरमहल काठमाडौं र हेटौडा सिमेन्ट उद्योग लिमिटेडलाई पत्राचार गर्दै यथाशीघ्र सत्य तथ्य विवरण उपलब्ध गराउन माग गरेको हो।

“हेलो सरकार” मार्फत जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै उक्त क्षेत्र खाली गराउने सम्बन्धमा पत्र प्राप्त भएपछि गाउँपालिकाले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार, आफ्नो कार्यकालमा सो क्षेत्रमा कुनै पनि घरटहरा निर्माणका लागि गाउँपालिका वा वडाबाट सिफारिस वा स्वीकृति प्रदान गरिएको छैन।

गाउँपालिकाले उक्त क्षेत्रमा निर्माण कार्य कसको अनुमति र कुन आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न माग गर्दै सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएको छ। साथै, भारतीय पर्यटकहरूको समेत आकर्षणको केन्द्र बन्दै आएको उक्त क्षेत्रले स्थानीय तथा ग्रामीण अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको सन्दर्भमा व्यवसाय सञ्चालनको वैधानिक अवस्थाबारे समेत स्पष्ट निर्देशन दिन आग्रह गरिएको छ।

गाउँपालिकाले यथाशीघ्र आधिकारिक जानकारी उपलब्ध नगराए थप कानुनी प्रक्रिया अगाडि बढाउने संकेत समेत दिएको छ। साथै, प्राप्त निर्णय र जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी स्थानीय समुदायलाई सूचित गर्नुपर्नेमा पनि जोड दिएको छ।

प्रकाशित मिति : २०८३, १७ बैशाख शुक्रबार  ९ : ०९ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको