२०८३, ११ बैशाख शनिबार

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !


सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो र प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गर्दै काठमाडौं बाट आएका सांसद खगेन्द्र सुनार अन्तत लाचार भएर फर्किएका मात्रै छैनन्, स्थानीय दलित अगुवाहरुले उठाउँदै आएको न्यायिक छानवीन आयोग समेत तुहाई दिएसँगै मृतक परिवारले पाउने न्यायको आशा समेत मारिदिएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटमा भएको भनिएको आत्महत्या प्रकरणलाई अर्न्तजातीय बिवाहकै कारण नियन्त्रणमा लिएर हत्या गरेको आरोप प्रहरी माथि लगाएका सांसद सुनारले बिहीबार दिउँसो दलबलसहित सिन्धुली आएर जिल्ला प्रशासन अगाडि धर्ना बसेका थिए भने त्यहींबाट सिडियो र एसपीलाई ललकारेका थिए ।
राजधानी काठमाडौबाट केही युट्युवर बोकेर आएका एकै साथ आएकी रास्वपाकी अर्की सांसद रिमा विश्वकर्मा र सयुक्त टोलीले प्रजिअ स्किम श्रेष्ठ र एसपी लाल ध्वज सुवेदीलाई सडकमा घिसारेर निकाल्ने धम्की दिएपछि यस अगाडिनैं आन्दोलनमा उत्रिएका सिन्धुलीका अधिकारवादी तथा दलित नेताहरुसमेत अब केही हुने भयो भन्दै पछि लागेका थिए, तर सोही विषयलाई लिएर सुनारले पटक पटक राश्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह लाई फोन गरेर संसदीय छानवीन समिति बनाउन र सिडियो र एसपीलाई निलम्मन गर्न दबाब दिएका थिए ।
शनिवार बिहान पछि फेरी सोही कुरा दोहोर्‍याएपछि लामिछाने र साहले आफ्नै पार्टीको सरकार विरुद्धको आन्दोलन रोक्नुस्, होइन भने पार्टी छोड्नुस् भनेपछि सुनारले सिन्धुली बाटै सांसद पदबाट राजीनामा दिन्छु भनेर फोन राखेका थिए । आफ्नै सरकार र नेतृत्वका बिरुद्ध अप्ठेरो बनाउनेगरी सिन्धुलीमा आएर सांसद खगेन्द्र सुनाले समस्या सिर्जना गरिदिएको भन्दै क्षेत्र नं २ का सांसद आशिष गजुरेलले पार्टी सभापति लामिछाने समक्ष गुनासो गरेपछि ‘नखाउँ भने दिनभरीको शिकार, खाउँभने कान्छो बाउको अनुहार’ भन्ने उखानझैं सावित भएको थियो सुनारका लागि ।
सांसल रिमा लगायतको टोली समक्ष राजिनामा दिन्छु भन्दै उफ्रिएका सुनारलाई आवेशगमा आएर त्यसो नगर्न सुझाएका थिए । सिन्धुली प्रहरीले बनाएको छानबिन टोलीलाई अस्वीकार गर्दै आफू नायक बन्न सिन्धुली आएका सुनुवार आत्महत्या प्रकरणले खलनायक बनाइ दिएको हो ।
काठमाडौं बाट उक्त घटनामा संसदीय छानबिन समिति बनाएर सिडियो र एस्पी लाई कारबाही गराउँछु भन्दै आएका उनी अन्तत नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा छानबिन टोली बनाउने र मृतकको पोस्ट मार्टम काठमाडौंको टिचिङ अस्पतालमा लागेर गराउने गरी सिन्धुलीका आन्दोलनकारीले उठाएको न्यायिक छानवीन समितिको मागलाई तुहाई दिएको दलित नेता सरोज बिकले खबरघरसँग बताए । उनी भन्छन्‌ः खगेन्द्र र रिमा विश्वकर्माकै कारण मृतक परिवार न्याय नपाउने अबस्थामा पुगेका हुन् ।
सुनारले मृतक परिवारलाई न्याय दिलाउँछु भन्दै काठमाडौं लिएर गएपनि उनको मूख्य उदेश्य आफ्‌नो सरकार र पार्टी नेतृत्वमाथि आइपर्ने संकट टार्नु थियो, दलित नेता बिकले भने ।
मृतक विकको विषयलाई लिएर सिन्धुलीका दलित नेताहरुले प्रशासन अगाडि जिल्ला न्यायधिशको नेतृत्वमा छानबिन टोली बनाउनु पर्छ भन्दै धर्ना जारी राखेका बेला आन्दोलनका सबै कार्यक्रम सकियो, कुरा मिल्यो भन्दै सुनार सिन्धुली जिल्ला प्रशासन कार्यालय बाट बाहिर निस्किएका थिए । घटना लगत्तै आन्दोलनमा लागेका सिन्धुलीका दलित अधिकार बाढी र नेताहरूले न्यायिक आयोग बनाउने आफ्नो माग सुनुवारका कारण अशफल भएको बताएका छन् ।
जिल्ला प्रशासन अगाडि सिडियो र एसपीलाई घिसारेर ल्याउँछौं, कारबाही गर्छौ भनेर रास्वपा सांसद सुनुवारले दिएको अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचकहरुले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको छानवीन समितिलाई अमान्य घोषणागर्दै प्रहरी अधिकारीको संयोजकत्वमा छानवीन समिति बनाउन लगाउने उनको कार्यशैलीले अपराधमा संलग्नलाई कारबाही होइन, उन्मुक्ति दिने प्रपञ्चको रुपमा हेर्न थालिएको छ ।

प्रकाशित मिति : २०८३, ११ बैशाख शनिबार  १ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले