२०८३, ५ बैशाख आईतबार

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसममा बदली देखिने भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका अधिकांश पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने भई तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्ले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई चट्याङ तथा वर्षाबाट सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ५ बैशाख आईतबार  ७ : २० बजे

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी