२०८३, २८ जेष्ठ शुक्रबार

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’


काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू चिन्तित नभएको बताएका छन्।

शनिबार पाकिस्तानमा भएको अमेरिका-इरान वार्तापछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धको अवस्था अमेरिकाको पक्षमा रहेको दाबी गरे।

उनले इरानविरुद्धको सम्भावित सैन्य अवस्थाबारे बोल्दै अमेरिका बलियो स्थितिमा रहेको उल्लेख गरे। “हामी जित्नेछौँ,” ट्रम्पको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले इरानी नौसेनाको क्षमतामाथि प्रश्न उठाउँदै उनीहरूसँग रहेका १५८ जहाजमध्ये धेरैजसो नष्ट भइसकेको दाबी गरे। साथै, २८ वटा माइन ड्रपरहरू पनि डुबिसकेको उनको भनाइ थियो।

उनका अनुसार केही समुद्री माइनहरू अझै पानीमा बाँकी हुन सक्ने भए पनि अमेरिकी माइन स्वीपरहरू सक्रिय रूपमा परिचालित छन्। यस अभिव्यक्तिले अमेरिका–इरानबीचको तनाव अझै चर्किँदै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २०८२, २८ चैत्र आईतबार  ९ : १४ बजे

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट