२०८३, २७ भाद्र आईतबार

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ


काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई प्रहरीले पुनः पक्राउ गरेको छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र धरौटीमा छुट्ने गर्दै आएका व्यक्ति हुन्। रमेश थापाका अनुसार पछिल्लो समय पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

यसअघि २०८० साल असारमा ठमेलस्थित क्लब ओम्निया का सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका गुरुङलाई प्रहरीले हत्कडीसहित सार्वजनिक रूपमा बजार घुमाएको थियो। उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रहरी रेकर्डअनुसार गुरुङ कुख्यात गुण्डा नाइके कुमार घैंटे को समूहका सदस्य थिए। २०७२ सालमा घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङ अझ सक्रिय बनेको प्रहरीको भनाइ छ।

त्यस्तै, २५ पुस २०७२ मा नुवाकोटबाट अवैध हतियारसहित पक्राउ परेका गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ। २०६७ मा गोंगबु क्षेत्रमा भएको धारिलो हतियार प्रहार, २०७६ को बैंकिङ कसूर, २०७७ मा पेस्तोल देखाएर कुटपिट र २०८२ मा ठमेलमा झगडा लगायत घटनामा उनको संलग्नता देखिएको छ।

प्रहरीले गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ८ : ३६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।