काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।
मुख्य तरकारीमा ठूलो गोलभेँडा (भारतीय) ७५ रुपैयाँ/किलो, आलु रातो २०-२२, प्याज (भारतीय) ३६, काउली ५०-८०, भिन्डी ११०, बोडी ८०, लौका ७० र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागपातमा पालुङ्गो ८०, रायोसाग ६०, हरियो प्याज ९०, च्याउ १३०-१,००० र गुन्द्रुक ३३० प्रतिकिलो मूल्यमा उपलब्ध छन्।फलफूलमा स्याउ २५०-३००, केरा २२० प्रति दर्जन, कागती २३०, अनार ३५०, अङ्गुर २२०-३५०, स्ट्रबेरी ३०० र किवी ४०० प्रतिकिलो मूल्यमा बिक्री हुनेछन्।
त्यस्तै, मसला र अन्य कृषिउपजमा अमला १८०, अदुवा १००, खुर्सानी ८०-८०० र लसुन १८०-२४० प्रतिकिलोमा उपलब्ध छन्।बजार समितिले किसान र व्यापारीलाई सूचित गर्दै उपभोक्तालाई सन्तुलित मूल्यमा उपलब्ध गराउन आग्रह गरेको छ।








प्रतिक्रिया