२०८३, २९ असार मंगलबार

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने


काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा पदभार सम्हालेकी छन्। पदभार ग्रहणसँगै उनले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेकी छन्।

मन्त्री गौतमले जबरजस्ती करणी, जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा दण्ड–सजाय सुनिश्चित गर्न र पीडितलाई शीघ्र न्याय दिलाउन विद्यमान कानुनमा रहेका अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले आफ्नो पहिलो निर्णयमा यस्ता अपराधसँग सम्बन्धित मुद्दामा देखिएका कानुनी जटिलता र अवरोध पहिचान गर्न अध्ययन कार्यदल गठन गरिने उल्लेख गरेकी छन्। उक्त कार्यदलको सुझावका आधारमा अपराध संहिता लगायतका सम्बन्धित कानुन संशोधन प्रक्रिया अघि बढाइनेछ।

नयाँ सरकार गठनसँगै मन्त्री गौतमको यो निर्णयलाई महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र न्याय प्रणाली सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ५ : ०६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित