२०८३, ९ श्रावण आईतबार

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वलाई तीन महिने निलम्बन गरेको छ। एन्फाले राखेपको निर्देशनको अवज्ञा गर्दै चैत १३ गते निर्वाचन गर्ने तयारी गरेको थियो। राखेपले पटकपटक निर्देशन दिएर निर्वाचन रोक्न आग्रह गरेको थियो, तर एन्फाले त्यसलाई अस्वीकार गर्दै निर्वाचन अघि बढाएको थियो।

निलम्बनको निर्णय राखेपको खेलकुद विकास नियमावली २०७७ को दफा २९ को उपदफा ९२० अन्तर्गत गरिएको हो। राखेपले एन्फालाई २४ घण्टाको अल्टिमेटम दिएर जवाफ मागेको थियो, तर एन्फाले जवाफ नदिँदा निलम्बनको कदम उठाइएको हो।

राखेपले एन्फालाई संघको विधान र राष्ट्रिय खेलकुद विकास ऐनसँग मिल्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन पनि दिएको छ।

प्रकाशित मिति : २०८२, १० चैत्र बुधबार  ८ : ०५ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा