२०८२, ९ चैत्र मंगलबार

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा


विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी प्रस्ताव पेश गर्ने घोषणा गरेका छन्।

नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसद्को पहिलो अधिवेशनमा आफ्ना मुख्य एजेन्डा सार्वजनिक गर्दै एमसीसी खारेजीलाई पहिलो प्राथमिकतामा राखेका हुन्। उनले एमसीसीलाई राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यससँगै उनले शिक्षा क्षेत्रमा आमूल सुधार आवश्यक रहेको बताएका छन्। वर्तमान शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको उल्लेख गर्दै उनले यसलाई व्यावहारिक र रोजगारमुखी बनाउनु पर्ने बताए।

त्यसैगरी, देशको सार्वभौमिकता सुदृढ गर्न सीमा सुरक्षालाई मजबुत बनाउनुपर्ने र सीमावर्ती क्षेत्रका नागरिकका लागि लक्षित विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन्।

आर्थिक विकासतर्फ ध्यान दिँदै साम्पाङले प्रत्येक स्थानीय तहमा कम्तीमा एक उद्योग स्थापना गर्ने ‘एक पालिका, एक उद्योग’ नीति लागू गर्नुपर्ने बताएका छन्। उनका अनुसार यसले रोजगारी सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउन मद्दत पुग्नेछ।

श्रम संस्कृति पार्टीले हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ।

प्रकाशित मिति : २०८२, ९ चैत्र मंगलबार  ११ : ३४ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार