२०८३, २७ भाद्र आईतबार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान


काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी आन्दोलनसँग सम्बन्धित सत्य तथ्य सार्वजनिक गराउन दबाब सिर्जना गर्ने उद्देश्यले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

मंगलबार बिहानदेखि सुरु गरिएको उक्त अभियानमार्फत स्ववियूले जेन्जी आन्दोलनको घटनाक्रमबारे स्पष्टता ल्याउन माग गरेको हो। यसका लागि गठित गौरी बहादुर कार्की आयोग को प्रतिवेदन सार्वजनिक गर्न प्रमुख माग राखिएको छ।

स्ववियूका अनुसार आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनसँग सम्बन्धित वास्तविकता बाहिर नआउने भएकाले नागरिकस्तरबाट दबाब आवश्यक भएको हो। अभियानमा विद्यार्थी, सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

संकलित हस्ताक्षरहरू चाँडै नै प्रधानमन्त्री सुशीला कार्की समक्ष बुझाइने स्ववियूले जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ चैत्र मंगलबार  ११ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।