२०८३, २९ भाद्र मंगलबार

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?


काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्। उनले फारसी नयाँ वर्ष नवरोज का अवसरमा जारी गरेको लिखित सन्देशमार्फत विभिन्न क्षेत्रीय घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको नौ पृष्ठ लामो सन्देशमा खामेनीले टर्की र ओमानका केही क्षेत्रमा भएका हमलामा इरानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले इरानले आफ्ना छिमेकी राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहेको उल्लेख गरेका छन्।

खामेनीले विशेषगरी पाकिस्तानलाई आफ्ना पिता अली खामेनी को ‘विशेष रुचाइएको देश’ भएको भन्दै उल्लेख गरेका छन्। साथै उनले पाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुधार गर्न आह्वान गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताएका छन्।

इजरायल र अमेरिकासँगको तनावपूर्ण अवस्थाबीच छिमेकी देशहरूमा भएका हमलाबारे टिप्पणी गर्दै उनले भनेका छन् कि टर्की र ओमानमा भएका आक्रमणहरू इरानको सेना वा तथाकथित ‘रेजिस्टेन्स फ्रन्ट’का कुनै पनि समूहबाट नभएको दाबी गरे।

उनले यस्ता घटनामार्फत इजरायल ले इरान र उसका छिमेकीहरूबीच फूट पैदा गर्न खोजेको आरोपसमेत लगाएका छन्।

यसैबीच, गत शनिबार अमेरिका ले खामेनीसहित शीर्ष १० नेताबारे सुराकी दिने व्यक्तिलाई १ करोड डलर पुरस्कार दिने घोषणा गरेको थियो।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  ९ : ५७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक