२०८३, ११ श्रावण मंगलबार

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

देशभर बदली, वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको अवस्था रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी, राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाइएको छ।

मौसमविद्ले चट्याङ, असिना र हावाहुरीका कारण जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  ९ : ५१ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि