२०८३, २९ असार मंगलबार

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह


काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ। सचिवालयले सार्वजनिक सूचना जारी गर्दै शपथ कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे हुने जानकारी दिएको हो।

शपथ कार्यक्रम सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ।

सचिवालयका अनुसार सांसदहरूले निर्वाचन आयोग बाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

त्यस्तै, सबै सांसदलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ।

नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिन चाहने सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ अनुसारको शपथको पाठ सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा कम्तीमा तीन दिनअघि सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

यसैबीच, सचिवालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई आ–आफ्नो जिल्लाका निर्वाचित सांसदहरूलाई उक्त सूचनाबारे जानकारी गराउन समन्वय गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, ५ चैत्र शुक्रबार  ९ : २४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित