२०८३, २३ जेष्ठ आईतबार

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड


काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र सुरु भएको छ। यस अवसरमा हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार, आज बिहान ७:५१ बजेको साइत घटस्थापनाका लागि उत्तम रहेको छ। उनले जानकारी दिए अनुसार घटस्थापना उत्तर फर्केर गर्नुपर्ने पनि साइत दिइएको छ।

यस अवसरमा देशभरका देवी मन्दिर र शक्तिपीठमा पूजाआराधना र उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ।शास्त्रीय नियमअनुसार, वर्षमा चारवटा नवरात्र मनाउने प्रचलन रहेको छ -आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष। नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : ३३ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति