२०८३, २९ भाद्र मंगलबार

गगन थापाले सभापतिबाट दिए राजीनामा, भोलिको बैठकमा छलफल हुने

गगन थापाले सभापतिबाट दिए राजीनामा, भोलिको बैठकमा छलफल हुने


काठमाडौँ । गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। निर्वाचन परिणामपछि नै उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ। पार्टीभित्रका केही नेताहरूले पनि उनलाई नैतिकताको आधारमा पद छाड्न सुझाव दिएका थिए।

थापाले आफ्नो राजीनामा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यद्यपि, राजीनामाबारे औपचारिक सार्वजनिक जानकारी भने अझै गरिएको छैन। पार्टीका सहमहामन्त्री प्रकाश रसाइली का अनुसार, “निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनुभएको हो। राजीनामाबारे भोलि छलफल हुनेछ।”

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डप मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए। उनी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट समेत पराजित भएका थिए। आमनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्नेछ, जहाँ महाधिवेशन र समग्र राजनीतिक अवस्थाबारे समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ८ : ५१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक