२०८२, ४ चैत्र बिहीबार

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने


धनगढी । कैलाली जिल्लामा श्रीमतीको हत्या गरेर श्रीमानले आफूमाथि नै गोली चलाएको घटना सार्वजनिक भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिना का अनुसार, जङ्गलमा बाख्रा चराउन गएका बेला उक्त घटना भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीलाई गोली हानी हत्या गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेपछि उनले सोही बन्दुकबाट आफैँलाई पनि गोली हानेका थिए। गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ।

हाल उनी होसमा नआएकाले घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक महिलाको शव घटनास्थलमै राखिएको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ८ : ४७ बजे

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३

कम्बोडियामा अलपत्र परेका २० नेपाली उद्धार, स्वदेश फर्किए

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र

इन्जिनको आयु बढाउने ‘नानो इनरजाइजर’ अब नेपालमा बिक्रीमा

काठमाडौं । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा विकसित नानो इनरजाइजर

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ