२०८३, २९ असार मंगलबार

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, सहकार्य विस्तारमा जोड

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, सहकार्य विस्तारमा जोड


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ।

सिपिसीको अन्तर्राष्ट्रिय विभागले पठाएको सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरिएको छ। उक्त जानकारी रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले दिएका हुन्।

सन्देशमा नेपाल–चीनबीचको राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

साथै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको नेतृत्वप्रति प्रशंसा व्यक्त गर्दै उनीहरूको भूमिकाबाट नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

चिनियाँ पक्षले अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको दिगो विकासका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

उता रास्वपाले स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी मुलुकहरूसँग सन्तुलित र प्राथमिकतायुक्त सम्बन्ध अघि बढाउने नीति पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : १८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित