२०८२, ३० फाल्गुन आईतबार

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा


काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त रिटको सुनुवाइका लागि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटमा आजका लागि पेसी तोकेको थियो। इजलासले विपक्षीहरूको लिखित जवाफ परिसकेको वा जवाफ दिने म्याद सकिएको र रिटमा उठाइएका विषय तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएकाले “हेर्न नमिल्नेबाहेक पेसी स्थगित नगरी पूर्ण सुनुवाइका लागि पेश गर्न” आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन्।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ११ : १५ बजे

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

काठमाडौँ । लेबनानमा नेपाली शान्ति सैनिकको हेडक्वाटरमा हमला भए पनि

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज