२०८३, २९ असार मंगलबार

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन


काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। आज बिहान बालुवाटारमा भएको भेटमा नेताहरूले अहिलेको अवस्थामा राजीनामा समाधान नभएको बताएका हुन्।

सभापति थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटीलगायत नेताहरू पुगेका थिए। भेटमा समसामयिक राजनीतिक अवस्था र चुनावी समीक्षाबारे छलफल भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

उनका अनुसार अहिले कांग्रेसलाई सम्हालेर अघि बढाउनुपर्ने समय भएकाले राजीनामा दिनु उपयुक्त नहुने धारणा नेताहरूले राखेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको कमजोर नतिजापछि सभापति थापाले राजीनामा दिने संकेत गरेका थिए। तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि निर्णय तत्कालका लागि रोकिएको छ। कांग्रेसले चुनावी समीक्षाका लागि चाँडै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ५ : ३५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित