२०८३, १९ जेष्ठ बुधबार

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश


काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काभ्रेको राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेस इकाई सचिव विनोद तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन्। तामाङ बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, नमोबुद्ध नगरका निवर्तमान सभापति हुन् ।

नवप्रवेशी तामाङले नेपाली कांग्रेसभित्र नातावाद, कृपावाद र व्यक्तिवाद हावी भएको आरोप लगाउँदै समाज परिवर्तनका सवालमा पार्टीले ठोस उपलब्धि हासिल गर्न नसकेको बताएका छन्। उनले देश र जनताको पक्षमा नेकपा एमालेले उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै अब त्यस अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

तामाङले काभ्रे क्षेत्र नं. १ मा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमित लामा को विकल्प पुनः अमित लामा नै भएको दाबी गर्दै उनको विजय सुनिश्चित रहेको बताए। साथै उनले अब अन्य दलहरूको भविष्य कमजोर बन्दै गएको टिप्पणी गरे।

नवप्रवेशी तामाङलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमित लामाले पार्टीमा स्वागत गरेका छन्। स्वागत गर्दै उम्मेदवार लामाले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२, १७ फाल्गुन सोमबार  १० : १९ बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ