२०८३, ११ कार्तिक बुधबार

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश


काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काभ्रेको राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेस इकाई सचिव विनोद तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन्। तामाङ बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, नमोबुद्ध नगरका निवर्तमान सभापति हुन् ।

नवप्रवेशी तामाङले नेपाली कांग्रेसभित्र नातावाद, कृपावाद र व्यक्तिवाद हावी भएको आरोप लगाउँदै समाज परिवर्तनका सवालमा पार्टीले ठोस उपलब्धि हासिल गर्न नसकेको बताएका छन्। उनले देश र जनताको पक्षमा नेकपा एमालेले उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै अब त्यस अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

तामाङले काभ्रे क्षेत्र नं. १ मा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमित लामा को विकल्प पुनः अमित लामा नै भएको दाबी गर्दै उनको विजय सुनिश्चित रहेको बताए। साथै उनले अब अन्य दलहरूको भविष्य कमजोर बन्दै गएको टिप्पणी गरे।

नवप्रवेशी तामाङलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमित लामाले पार्टीमा स्वागत गरेका छन्। स्वागत गर्दै उम्मेदवार लामाले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२, १७ फाल्गुन सोमबार  १० : १९ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव