२०८३, ११ कार्तिक बुधबार

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा


पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य अमित लामाले पनौतीको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गर्न घरदैलोमै पुगेर मतदातासँग आग्रह गरेका छन्।

एमालेको घरदैलो अभियानअन्तर्गत आज पनौती नगरपालिका वडा नं. ४ बाट सुरु गरिएको हो। घरदैलो अभियानमा संविधानसभा सदस्य रामहरी सुबेदी, एमाले नेता एवं पनौती नगरका पूर्व मेयर भीम न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार लामाले पनौतीको ऐतिहासिक पहिचानलाई जोगाउँदै आधुनिक पूर्वाधार, व्यवस्थित सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पनौतीलाई समृद्ध, व्यवस्थित र अवसरयुक्त नगरका रूपमा विकास गर्ने आफ्नो स्पष्ट योजना रहेको बताए।

स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनले भने, “अब पनौतीले परिवर्तन खोजेको छ। विकास, सुशासन र स्थायित्वका लागि सूर्यमा मतदान गर्नुहोस्।”

एमालेका नेता तथा कार्यकर्ताहरूले घरदैलोमार्फत मतदातासँग संवादलाई तीव्र बनाउँदै चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने बताएका छन्।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  १० : १३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव