२०८३, २२ जेष्ठ शनिबार

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह


सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन प्रचार केन्द्रीत भेला सम्पन्न भएको छ ।
एमाले नेता कमलजंग राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले एमालेका सूर्यध्वजाबाहक उमेदवारलाई बिजयी बनाउन सबै उपायहरु अबलम्मन गर्ने निर्णय गरेको छ ।
भेलामा आइपुगेका सर्वसाधारणले अघिल्लो पटक मत दिएर पठाएका सांसदले यस क्षेत्रको विकासमा कुनै पनि भूमिका निर्वाह नगरेकाले मतदातामा निराशा मात्रै बढिरहेकाले यस पटक मत फेर्ने अबस्थामा पुगिसकेकाले एमालेका उमेदवार मनोजजंग थापाको पक्षमा जनमत बलियो बन्दै रिपोर्ट प्रस्तुत गरेका थिए ।
सहभागीहरुले हरिहरपुरगढी गाउँपालिकाबाट पनि पूर्वाग्रहका आधारमा योजना बितरण गरेपछि स्वयमं माओवादी भित्रै आक्रोस बढिरहेको रिपोर्ट प्रस्तुत गरेपछि सो क्षेत्रमा सत्ताको चरम दुरुपयोग हुने गरेको देखिएको छ ।
हरिहरपुरगढी गाउँपालिकामा एमालेका उमेदवार थापाले गाउँ गाउँ घुमेर यस अगाडिनैं विकासका एजेण्डाहरु प्रस्तुत गरिसकेको छ ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ४ : १४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति