२०८३, १ बैशाख बुधबार

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश


गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले मा झापाको गौरीगञ्ज गाउँपालिका-४, बारसुदी टोलका करिब ४०० मतदाता एकैसाथ प्रवेश गरेका छन्। मतदातासँगको भेटका लागि पुगेका पूर्वप्रधानमन्त्री ओलीको हातबाट टिका लगाउँदै स्थानीयले “अब यो गाउँ नै एमाले र ओलीलाई जिम्मा” दिएको घोषणा गरेका हुन्।

स्थानीय अगुवा गयानन्द यादवले अब गाउँका मतदाताले सूर्य चिन्हबाहेक अन्यत्र मतदान नगर्ने र पार्टीको जितका लागि एकजुट हुने बताए। “यो ठाउँमा कस्तो विकास गर्ने, के–कस्ता सुविधा दिने भन्ने जिम्मा अब तपाईंको,” उनले ओलीलाई उद्देश गर्दै भने। गाउँमा रहेका ४५० मतदाता मध्ये बाँकी ५० जना यसअघि नै एमालेमा आबद्ध रहेको बताइएको छ। प्रवेश गर्नेहरूमध्ये धेरैजसोले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको जनाइएको छ।

स्थानीय मन्दुदेवी यादवका अनुसार पक्की हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको कालोपत्रे तथा भित्री सडक स्तरोन्नतिले आवागमन सहज बनेको छ। विद्युत् सेवाको विस्तारसँगै कृषि उपज बजारसम्म पुर्‍याउन, स्वास्थ्य उपचारका लागि अस्पताल जान र रोजगारीका लागि सहर आउजाउ गर्न सुविधा भएको उनले बताइन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका ओली केही दिनयता गृहक्षेत्रमै सक्रिय छन्। २०४८ सालदेखि निरन्तर यस क्षेत्रबाट निर्वाचित हुँदै आएका उनले २०७९ सालको निर्वाचनमा ५२ हजार ३ सय १९ मत प्राप्त गरेका थिए।

निर्वाचन आयोगका अनुसार २०७९ मा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेकामा यसपटक संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ। अघिल्लो निर्वाचनको तुलनामा ९ हजार ९० नयाँ मतदाता थपिएका छन्।

झापा–५ मा कमल गाउँपालिका का ७ वटै वडा, गौरादह नगरपालिका का ८ वडा, गौरीगञ्ज गाउँपालिकाका ४ वडा र दमक नगरपालिका का १० वटै वडा समावेश छन्।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ३ : ४८ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको