२०८२, १० फाल्गुन आईतबार

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व


आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका साथ श्वास फेरिरहेका छन् ।
सोलुखुम्बुको प्रत्येक घाँसे मैदान, जलबिन्दु र हरेक कुना–कन्दरामा उत्साहको लहर दौडिरहेको छ । सल्लेरी बजार पनि सगरमाथा तिर फर्केर हाँसिरहेको छ, जस्तै मानौं सोलुखुम्बुवासीले नै नयाँ दिनको पर्खाइको महत्वबोध गराइरहेको छ ।
फाप्लु, लुक्ला, नाम्चे बजारले तयारी पुरा गरिसकेका छन् । महाकुलुङदेखि लिखुपिकेसम्म–नेचासल्यानदेखि खुम्बु पासाङल्हामुसम्मका गाउँहरु जुनबेशी, खुम्जुङ, चौरीखर्क, जुभिङ, नेले, मुक्ली, काँगेल, पञ्चन, जुबु, देउसा र लोखिमका बस्तीहरू पनि कल्पना राईको विजयी यात्राको लागि स्वागतमा जुटेका छन् । सोताङको शिवटार बजार व्यस्त छ र ज्वालामाई, जालिम देवी, शिव मन्दीरहरू उनलाई जीतको शुभकामना दिइरहेका छन् ।
नुम्बुर हिमालले पनि कल्पना राईलाई भनिरहेको छ,“सगरमाथा भन्दा अटल बन ।” दुधकोशी, सोलुखोला, हुंगा खोला र भोग खोलाहरूका बस्तीहरूमा अब आउने नयाँ दिनको सन्देश फैलाइरहेका छन् “कल्पना राई हाम्रो शान हो, पहिचान हो, परिवर्तनको प्रतीक हो, सोलुखुम्बु समृद्धीको आधार हो ।”
जडीबुटीको भण्डार सोलुखुम्बु, चिराईतो, तिनतले, हलेदो, पाँचऔले, सुनपाती, भैरुङपाती, तितेपातीहरुले बजार पाउछन् भनेर उत्साहित छन् । कम्युनिष्ट नेता तथा कवि डिवि किराँती र अग्रज आङदामी शेर्पाले सुरु गरेका अधुरा विकासका सपना पुरा गर्ने प्रण आज यहाँ कल्पना राई मार्फत साकार हुनेछन् ।

कल्पना राई, “सूर्य” चिन्ह लिएर घरदैलोमा आएका छिन्, सोलुखुम्बुका प्रत्येक नागरिकको हृदयमा प्रेरणाको प्रकाश फैलाउँदै छिन् । वि.सं. २०४५ कार्तिक १६ मा सोताङ–५, गोर्खीममा जन्मिएकी उनी गुमान सिंह राई र सञ्चमाया राईकी छोरी हुन् । शिक्षा शास्त्रमा स्नातकोत्तर (एम.एड) र कानूनमा स्नातक (एल.एल.बी) अध्ययन गरेर अधिवक्ताको रूपमा कार्यरत राई शिक्षित, कानूनी पृष्ठभूमि भएको र दृढ राजनीतिक प्रतिबद्धता भएको नेतृका रूपमा चिनिन्छिन् ।

कल्पना राईको राजनीतिक यात्रा वि.सं. २०५८ सालमा अनेरास्ववियुबाट सुरु भयो । प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी उनले २०६१ सालमा सोलुखुम्बु जिल्ला कमिटी सचिव, २०६३ सालमा माथिल्लो सगरमाथा अञ्चल कमिटी सचिव, र २०६४ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेर साहसी नेतृत्व क्षमता प्रमाणित गरिन् ।
वि.सं. २०६५ देखि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्यको रूपमा सक्रिय रहँदै, २०६६,२०८० सालसम्म निरन्तर जिल्ला कमिटी सचिवालय सदस्य रहेकी उनले सोलुखुम्बुको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइन् । अहिले पनि जिल्ला कमिटी सचिवको रूपमा उनी जिल्ला नेतृत्वको अनुभव, संगठनात्मक क्षमता र जनसेवाको प्रतिबद्धताका साथ कार्यरत छिन् ।
राजनीतिक र समाजिक आभियान्तकै रुपमा उनले विभिन्न राजकीय जिम्मेवारी पनि निर्वाह गरेकी छन् । दुर्गम क्षेत्र विकास समितिको सदस्य र तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको सदस्यको रूपमा सक्रिय भूमिका खेलेकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख निर्वाचित भएर उनले सोलुदुध कुण्डा नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाह सुधारमा अतुलनीय योगदान पुर्‍याइन् ।
सोलुदुधकुण्ड नगरवासी पनि यस पटक कल्पना राई माननीय भएको हेर्न आतुर छन् ।
सोलुखुम्बुका युवाहरू उनलाई हेरेर सपना देखिरहेका छन् । बालबालिका शिक्षित हुने आशा, युवाहरू रोजगारी र उत्पादनमा संलग्न हुने आकांक्षा, महिला वर्गले आफ्ना अधिकार र सहभागिता सुनिश्चित गर्ने विश्वास कल्पना राईको नेतृत्वबाट सम्भव हुने प्रतीक्षा गर्दै छन् ।
उनको एजेण्डा स्पष्ट छ । कृषि क्षेत्रमा आधुनिक प्रविधि, अर्गानिक खेती, जडीबुटी उत्पादन, मौरीपालन र पशुपालन प्रवद्र्धन । “एक गाउँ, एक उत्पादन” नीति लागू गरेर प्रत्येक बस्तीमा आर्थिक स्वतन्त्रता सुनिश्चित । सडक, पुल, यातायात र पूर्वाधार सुदृढीकरण । मुख्य सडक कालोपत्रे, मोटरेबल पुल निर्माण र पर्यटकीय ट्रेल विस्तार ।
पर्यटन र संस्कृतिमा खुम्बु, दुधकुण्ड, पिके पिक, रातनागि, सिलगुढी लगायतका क्षेत्रको प्रवद्र्धन । सूचना प्रविधिमार्फत बजारिकरण र प्रत्येक स्थानीय तहमा सांस्कृतिक संग्रहालयको स्थापना । ऊर्जा क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार र जलविद्युत् आयोजनामा स्थानीय लगानी सुनिश्चित ।
शिक्षा क्षेत्रमा बहु–संकाययुक्त क्याम्पस, प्राविधिक शिक्षालय र सूचना प्रविधि मैत्री शिक्षा प्रणाली । उद्योग र रोजगारीका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन र युवालाई उत्पादनमूलक रोजगारीमा संलग्न गराउने योजना । स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा अस्पताल, एम्बुलेन्स, ब्लड बैंक, र टेलिमेडिसिन सेवा ।

सामाजिक विकास, युवा र खेलकुदमा पुस्तकालय, सभाहल, खेलमैदान निर्माण । युवाको शारीरिक र मानसिक विकासका कार्यक्रम । डिजिटल पहुँच र सञ्चार विस्तार, वातावरण संरक्षण, विपद् तयारी, सुशासन र नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता ।

कल्पना राई केवल उम्मेदवार मात्रै होइन उनी सोलुखुम्बुको भविष्य, महिला सशक्तिकरण, युवाको प्रतिनिधित्व र समग्र विकासको प्रतीक हुन् । उनको यात्रा कठिनाइ, चुनौती, दृढता र सेवाभावको हो । सोलुखुम्बुका प्रत्येक नागरिकले उनलाई देख्दा उज्यालो, आशा र प्रगतिशील भविष्यको अनुभूति गरिरहेका छन् ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा जनता उनलाई “सूर्य” चिन्हमा मतदान गरेर विजयी बनाउने विश्वासमा छन् । हिमालले आशिर्वाद दिँदैछ, नदीहरू उत्साहका सन्देश फैलाइरहेका छन्, बजारहरू उत्सवको रंगले रंगिएका छन् र गाउँ–सहरका बस्तीहरूले विजयी यात्राको लागि तयार छन् ।

कल्पना राईको नेतृत्वले केवल राजनीतिक परिवर्तन मात्र होइन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगार, र पूर्वाधारमा वास्तविक सुधार ल्याउनेछ । उनको प्रतिबद्धता, स्पष्ट दृष्टि र सशक्त नेतृत्वले सोलुखुम्बुलाई समृद्ध, सुरक्षित, र आधुनिक बनाउने मार्गप्रशस्त गर्नेछ ।

सोलुखुम्बुका प्रत्येक नागरिकको जीवनस्तर सुधार, युवाको स–शक्तिकरण, महिला अधिकार सुनिश्चित, र समुदायको समग्र विकास, यी सबै सपना कल्पना राई मार्फत साकार हुने अपेक्षा गरिएको छ । कल्पना राई केवल उम्मेद्वार मात्रै नभई सोलुखुम्बुको उज्यालो भविष्यका लागि प्रतिक बनेर चुनावी मैदानमा उत्रिएकी छिन् ।

प्रकाशित मिति : २०८२, १० फाल्गुन आईतबार  ६ : ३७ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र