काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि स्थानिय क्षेत्र तनावग्रस्त बनेको छ।
मृतक पुरुष हुन्, अन्य पहिचान अहिलेसम्म खुलिसकेको छैन। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
घटनापछि मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ। घटनास्थलमा प्रहरीको उपस्थितिका बाबजुद, सर्वसाधारणले ट्रिपरमा आगो लगाएका छन्। चालक फरार रहेको र स्थानीयको विरोधका कारण यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
स्थानिय प्रशासन र प्रहरी घटनाको छानबिनमा जुटेका छन्। प्रहरीले जनतालाई शान्त रहन र सडक अवरोध नगर्न अनुरोध गरेको छ।






प्रतिक्रिया