२०८३, १९ जेष्ठ बुधबार

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा


भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा बाँकी मतपत्र छापिसक्ने जानकारी दिएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी रहेको पाँच लाख मतपत्र आजै छापिनेछ। उनले भने, “४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, तर आज ४० दिनमै सबै कार्य सम्पन्न हुनेछ।”

पौडेलका अनुसार आज छपाइ सकिएपछि मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। यसअघि दैनिक १३ देखि १५ लाख मतपत्र छापेर लक्ष्यभन्दा अघि नै काम सम्पन्न गरिएको थियो।

त्यस्तै, केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ। समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छापि प्याकिङ गरी जिल्ला–जिल्ला पठाउने कार्य भइरहेको छ।

पौडेलले बताए अनुसार, कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा फागुन १२ गतेसम्म पुर्याउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : २३ बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ