२०८३, ६ कार्तिक शुक्रबार

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा


भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा बाँकी मतपत्र छापिसक्ने जानकारी दिएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी रहेको पाँच लाख मतपत्र आजै छापिनेछ। उनले भने, “४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, तर आज ४० दिनमै सबै कार्य सम्पन्न हुनेछ।”

पौडेलका अनुसार आज छपाइ सकिएपछि मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। यसअघि दैनिक १३ देखि १५ लाख मतपत्र छापेर लक्ष्यभन्दा अघि नै काम सम्पन्न गरिएको थियो।

त्यस्तै, केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ। समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छापि प्याकिङ गरी जिल्ला–जिल्ला पठाउने कार्य भइरहेको छ।

पौडेलले बताए अनुसार, कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा फागुन १२ गतेसम्म पुर्याउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : २३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा