२०८२, ४ फाल्गुन सोमबार

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहँदा युरो र अस्ट्रेलियन डलरको भाउ वृद्धि भएको छ।

आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। आइतबार पनि सोही दर कायम रहेकाले डलर स्थिर देखिएको हो।

युरोपियन युरो भने बढेको छ। आज एक युरोको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ। आइतबार यसको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी अस्ट्रेलियन डलरको भाउ पनि उकालो लागेको छ। आज एक अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा पुगेको छ। आइतबार खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा थियो।

यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ४ फाल्गुन सोमबार  ७ : ४७ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

अमेरिकी डलर स्थिर, युरो र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि सार्वजनिक गरेको

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्ड: नियमित कूटनीति कि चुनावी संवेदनशीलतामाथि बेवास्ता ?

काठमाडौं । राजधानीको टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति सार्वजनिक भएसँगै

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी