२०८२, १८ चैत्र बिहीबार

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने


काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन सुरु गर्ने भएका छन्। फागुन २० मा कार्यकाल सकिने १९ सांसदमध्ये १८ निर्वाचित र १ मनोनीत हुन्।

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सरकारले अधिवेशन अन्त्यको तयारी थालेको छ।

सोमबारको बैठकमा कार्यकाल सकिएका सांसदहरूले संसद्मा आफ्ना अनुभव र अनुभूति राख्ने कार्यक्रम तय भएको छ। यदि सोमबार सबै सांसदको बिदाइ सम्बोधन नसकिए, माघ २८ गतेको बैठकमा त्यसको निरन्तरता दिइनेछ। अर्को बैठक फागुन १ गते बस्नेछ।

मनोनीत सांसद वामदेव गौतमले पहिले नै राजीनामा दिएका छन् भने सांसद नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले पनि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका छन्। बाँकी १६ सांसदले बिदाइ सम्बोधन गर्नेछन्।

२१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा सदस्यहरू राजनीतिक दलसँग आवद्ध भएकाले पार्टीको प्रचारमा सक्रिय हुनेछन्। यसै कारण अधिवेशन लम्ब्याउन नहुने सुझाव सांसदहरूले राखेका छन्।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने,

“प्रतिनिधिसभाको चुनाव आइसकेको छ। राष्ट्रिय सभा सदस्य पनि राजनीतिक दलका प्रतिनिधि हुन्। आम निर्वाचनको बेला माथिल्लो सदन चलाइराख्नु उचित देखिँदैन।”

प्रतिनिधिसभा निर्वाचनपछि नयाँ संसद्को अधिवेशन चैत १ गतेदेखि सुरु गर्ने तयारी सरकारले गरेको छ।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : ०३ बजे

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका