२०८३, २९ भाद्र मंगलबार

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी


काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त २०८३ चैत मसान्तको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम तीव्र रूपमा अघि बढिरहेको बताए।
उनले भने, “हामीलाई २०८३ चैत मसान्तसम्म फास्ट ट्र्याक सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। सोही समयसीमाभित्र सक्ने गरी काम भइरहेको छ।”

हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको सेनाले जनाएको छ।

फास्ट ट्र्याकमा कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण हुनुपर्नेछ। जसमध्ये लेनडाँडाको १.६२६ किलोमिटर र धेद्रेको १.६९१ किलोमिटर सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको छ। महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम पूरा भएको छ।

यस आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको सहायक रथी बस्नेतले जानकारी दिए।

फास्ट ट्र्याक निर्माणका क्रममा ५४ हजार रुख कटान गरिएको थियो। त्यसको क्षतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको र तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।

यसैबीच, फास्ट ट्र्याकसँग सम्बन्धित खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन। सबै सम्बन्धित निकायसँग समन्वय गरी विवाद समाधान गर्ने प्रयास भइरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ माघ शुक्रबार  ४ : ४४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक