२०८३, ६ कार्तिक शुक्रबार

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

महेश्वर जिल्ला पार्टीको आधिकारिक उम्मेदवार


सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले अर्का व्यक्तिलाई उमेदवार बनाएर पठाएपछि जिल्ला पार्टीका नेताहरुले संयोजक प्रचण्ड बिरुद्ध बिद्रोह गरेका हुन् ।

सिन्धुली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल विरुद्ध प्रभावशाली नेता महेश्वर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएपछि सिन्धुली नेकपामा हंगामा मच्चिएको छ । महेश्वरका साथमा जिल्लाका शिर्ष नेता कार्यकर्ताहरु सहभागी थिए । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेताहरू हरीवोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, बिनोद विकसहितका लोकप्रिय नेताहरू महेश्वरको साथमा थिए । जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरित पार्टी केन्द्रले लेखनाथ दाहाललाई जबर्जस्ती टिकट वितरण गरेपछि जिल्ला पार्टीले महेश्वर लाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो । माओवादी जनयुद्धमा संलग्न रहेर जन पक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुलीमा ईमानदार र निस्कलंक नेताका रूपमा चिनिएका छन्।

प्रकाशित मिति : २०८२, ७ माघ मंगलबार  ४ : ३८ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल